मंगलवार, फाल्गुन ५,२०८२ 10:59:02
Bizshala
  • मंगलवार, फाल्गुन ५,२०८२ 10:59:02
Bizshala
Global IME Bank Limited

कालिञ्चोक दर्शनले आज साधारण सभा आयोजना गर्ने, लाभांश पारित मुख्य प्रस्ताव

कालिञ्चोक दर्शनले आज साधारण सभा आयोजना गर्ने, लाभांश पारित मुख्य प्रस्ताव
Shivam Cement

काठमाण्डौ । कालिञ्चोक दर्शन लिमिटेडले लाभांश पारित गर्न आज साधारण सभा आयोजना गर्दैछ । कम्पनीको ११ औं वार्षिक साधारण सभा गौशालामा रहेको बद्रिनाथ होटलमा बिहान साढे ११ बजेदेखि सुरु हुनेछ ।

सभामा सञ्चालक समितिद्वारा गत आवका लागि प्रस्तावित ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांश गरी कुल ५.२६३२ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

पूँजीवृद्धि तथा बोनस सेयर वितरणपश्चात शतप्रतिशत हकप्रद सेयर जारी गर्ने, प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने र सञ्चालक समितिले गरेका निर्णयहरु अनुमोदन गरिनेछ ।  

यस्तै सभामा अध्यक्षद्वारा प्रस्तुत गरिने गत आव २०८१/८२ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखा परीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०८१/८२ को वासलात, नाफा नोक्सान हिसाव नगद प्रवाह विवरण र सोसँग सम्बन्धीत अनुसूचिहरु लगायतका वित्तीय विवरणहरु पारित गरिनुका साथै चालु आव २०८२/८३ को लेखा परीक्षणका लागि लेखा परीक्षक नियुक्ती गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरिनेछ ।    

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले गत पुस १ गते एक दिनका लागि बुक क्लोज गरेको थियो । यसर्थ बुक क्लोज हुनु अघिल्लो दिनसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुनका लागि योग्य हुनेछन् । 

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.