सोमबार, असार २,२०८२ 11:21:03
  • सोमबार, असार २,२०८२ 11:21:03
Global IME Bank Limited

कालिञ्चोक दर्शनको नाफा २९८% ले बढ्यो, रिजर्भको आकार पनि १६४.६६% ले वृद्धि

Hyundai Nepal
कालिञ्चोक दर्शनको नाफा २९८% ले बढ्यो, रिजर्भको आकार पनि १६४.६६% ले वृद्धि
Nabil Bank Limited

काठमाण्डौ । कालिञ्चोक दर्शन लिमिटेडको आम्दानी आएको सुधारका कारण नाफा वृद्धि भएको छ । कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म ५ करोड ६२ लाख रुपैयाँबराबर आम्दानी गरेको छ । कम्पनीले आर्जन गरेको यो रकम अघिल्लो आवको तुलनामा ९३.६८ प्रतिशतले बढी हो ।  

अघिल्लो आवको तेस्रो त्रैमाससम्म कम्पनीले २ करोड ९० लाख रुपैयाँ आम्दानी गरेको थियो ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

आम्दानीमा आएको सुधारको प्रभाव कम्पनीको नाफामा देखिएको छ । कम्पनीको नाफा समीक्षा अवधिमा २९८.२४ प्रतिशतले बढेको छ । अघिल्लो आवमा ४७ लाख ४६ हजार रहेको कम्पनीको खुद नाफा १ करोड ८९ लाख रुपैयाँ पुगेको छ ।  

यो अवधिमा कम्पनीले ५ लाख ९४ हजार रुपैयाँबराबरको अन्य आम्दानी समेत गरेको छ । कम्पनीको कर्मचारी खर्च ९८ लाख ४५ हजार, हा्रसकट्टी खर्च १ करोड ८ लाख, अन्य खर्च ८८ लाख २१ हजार र वित्त खर्च ७३ लाख २२ हजार रहेको छ ।  

रिजर्भको आकार १६४.६६ प्रतिशतले बढ्दै २ करोड २७ लाख पुगेको छ ।  

समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) बढेको छ । कम्पनीको ईपीएस १.५८ रुपैयाँबाट बढेर ४.२० रुपैयाँ पुगेको छ । यस्तै प्रतिसेयर नेटवर्थ १०३.८० रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १३०.५८ रुपैया र चालु अनुपात २.१२ प्रतिशत कायम भएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.