काठमाण्डौ । कालिञ्चोक दर्शन लिमिटेडले गत आर्थिक वर्ष २०८०/८१ को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । प्रकाशित विवरण अनुसार कम्पनीले यो अवधिसम्म २ करोड ६६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम कम्पनीले अघिल्लो आवको सौही अवधिसम्ममा आर्जन गरेको २ करोड ४७ लाखको तुलनामा ७.७५ प्रतिशतले बढी हो ।
समीक्षा अवधिसम्म कम्पनीको आम्दानी ८ करोड ५४ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्षको सोही अवधिसम्म कम्पनीको आम्दानी ६ करोड ९३ लाख रुपैयाँमा सीमित थियो। यसरी कम्पनीको आम्दानी २३.२२ प्रतिशतले वृद्धि भएको छ ।
कम्पनीको अन्य स्रोतबाट ४३ लाख १८ हजार रुपैयाँ कमाएको छ । अघिल्लो वर्ष यस्तो आम्दानी ३७ लाख ४५ हजार रुपैयाँमा सीमित थियो। कम्पनीको कर्मचारी खर्च १ करोड २२ लाख रुपैयाँ, ह्रासक्ट्टी खर्च १ करोड ५० लाख र अन्य खर्च १ करोड १६ लाख रुपैयाँ रहेको छ । यस्तै कम्पनीले १ करोड ८३ लाख रुपैयाँबराबरको वित्त खर्च गरेको छ ।
चुक्तापुँजी ५९ करोड ६३ लाख रुपैयाँ रहेको कम्पनीको रिजर्भको आकार ७७ लाख ७३ हजार रुपैयाँ रहेको छ।
कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ४.५३ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १००.७५ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १२९.७५ रुपैयाँ र पीई रेसियो २५८.३८ गुणा कायम भएको छ ।