काठमाण्डौ । सयपत्री हाईड्रोपावर लिमिटेडको लक इ्रन अवधि साउन महिनामा सकिने भएको छ । कम्पनीको कुल २२ लाख ९३ हजार ३६१ कित्ता सेयरको लक इन अवधि साउन २३ गते समाप्त हुन लागेको हो ।
लक इन अवधि खुल्न लागेको कुल सेयरमा २१ लाख कित्ता संस्थापक सेयर, १ लाख ७८ हजार ९४० कित्ता आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि जारी गरिएको सेयर र १४ हजार ४२१ कित्ता कर्मचारीका लागि सुरक्षित गरिएको सेयर रहेको छ ।
कम्पनीले जारी पूँजी ३० करोडमध्ये १० प्रतिशतले हुन आउने कूल ३ लाख कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि छुट्टाइएको मध्ये १ लाख ७८ हजार ९४० कित्ता बाँडफाँड गरि तथा २ प्रतिशत अर्थात् १४ हजार ४२१ कित्ता साधारण सेयर कम्पनीका कर्मचारीका लागि छुट्टाइएको सेयर बाँडफाँड गरि सर्वसाधारणलाई विसं २०७९ साउन २४ गते बाँडफाँड गरेको थियो ।
धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका, २०७४ अनुसार कम्पनीले सर्वसाधारण लाई बाँडफाँड गरेको मितिले तिन बर्ष सम्म लक–ईन राख्नुपर्ने व्यवस्था रहेको छ ।