सयपत्री हाईड्रोपावरको कम्पनी सचिवमा भण्डारी नियुक्त
काठमाण्डौ । सयपत्री हाईड्रोपावर लिमिटेडको कम्पनी सचिवमा रमेश प्रसाद भण्डारी नियुक्त भएका छन् । पुस १५ गते बसेको कम्पनीको सञ्चालक समितिको ८८ औं बैठकले भण्डारीलाई कम्पनी सचिव पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

