बाढीले सयपत्री हाइड्रोपावरको उत्पादन बन्द, ३३ केभी प्रसारण लाइनमा क्षति
काठमाडौँ। बागलुङको ताराखोला गाउँपालिकामा रहेको सयपत्री हाइड्रोपावर लिमिटेडको २.५ मेगावाट क्षमताको दरमखोला ‘ए’ जलविद्युत आयोजनाबाट विद्युत उत्पादन बन्द भएको छ। असोज ९ गते आएको बाढीले आयोजनाको संरचना र विद्युत प्रसारण लाइनमा क्षति पुर्याएपछि उत्पादन रोकिएको कम्पनीले जनाएको छ।कम्पनीले नेपाल स्टक एक्सचेन्जलाई पठाएको पत्रअनुसार आयोजनाको स्विचयार्डदेखि नेपाल विद्युत...

