काठमाण्डौ सयपत्री हाईड्रोपावर लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीको मंसिर २ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको चुक्तापूँजीको शतप्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद जारी गर्ने निर्णय गरेको हो ।
बैठकले कम्पनीको ऋण तथा दायित्व भुक्तानीका लागि र दरमखोला ‘ए’जलविद्युत आयोजनाको मर्मत सुधारका लागि हकप्रद जारी गर्ने निर्णय गरेको छ ।
यसका साथै बैठकले हकप्रद निष्कासनको स्वीकृतीका लागि विद्युत नियमन आयोगमा आवेदन दिने र आगामी साधारण सभाबाट पारित गर्ने निर्णय समेत गरेको कम्पनीले जनाएको छ ।