काठमाण्डौ । सयपत्री हाईड्रोपावर लिमिटेडले सेयरधनीहरु र पदाधिकारीहरुको धितोमा रहेको सेयरहरु मध्ये ५० प्रतिशत सेयरहरुको धितो फुकुवा गर्ने निर्णय गरेको छ । कात्तिक ११ गते सम्पन्न कम्पनीको ८४ औं सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकमा सहवित्तीयकरण बैंकहरुमा धितोबन्धक रहेका सेयरधनीहरु र पदाधिकारीहरुको आशिंक सेयर फुकुवा गर्ने सम्बन्धित प्रस्ताव उपर बैठकमा छलफल भएको थियो । कम्पनीले दरम खोला ए जलविद्युत आयोजनाको निर्माणका लिईएको सहवित्तीयकरण ऋण कर्जाको ५० प्रतिशत भन्दा पनि बढी भुक्तानी भईसकेको हुँदा उक्त सहवित्तीयकरण ऋण कर्जा लिँदा र त्यसपश्चात् विभिन्न समयमा यस कम्पनीकाे सेयरधनीहरु र पदाधिकारीहरुबाट सहवित्तीयकरण बैंकहरु (नेपाल बैंक लिमिटेड र ग्लोबल आइएमई बैंक लिमिटेड) मा राखिएको सेयर धितो मध्ये सबै सेयरधनीहरु र पदाधिकारीहरुको ५० प्रतिशत सेयर धितो फुकुवा गर्ने निर्णय गरेको कम्पनीले जनाएको छ ।
उक्त कार्यका लागि सहवित्तीयकरण बैंकहरुको अगुवा बैंक नेपाल बैंकलाई आग्रह गर्ने लगायत आवश्यक सम्पूर्ण कार्य गर्न कम्पनीका लेखा अधिकृत कृष्ण चालिसेलाई सम्पूर्ण अख्तियारी प्रत्यायोजन गर्ने निर्णय समेत गरिएको कम्पनीले जानकारी दिएको छ ।

