आईतवार, भाद्र १,२०८२ 08:24:21
IME remit
  • आईतवार, भाद्र १,२०८२ 08:24:21
IME remit
Global IME Bank Limited

वित्त खर्च घट्दा सयपत्री हाईड्रोपावरको नाफा २९५% ले बढ्यो, आम्दानीमा भने गिरावट

Hyundai Nepal
वित्त खर्च घट्दा सयपत्री हाईड्रोपावरको नाफा २९५% ले बढ्यो, आम्दानीमा भने गिरावट
Shivam Cement

काठमाण्डौ । गत आवको चौथो त्रैमाससम्म सयपत्री हाईड्रोपावर लिमिटेडको नाफा २९५.९० प्रतिशतले बढेको छ । कम्पनीले उक्त अवधिसम्म ५७ लाख ७७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले १४ लाख ५९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  

कम्पनीको आम्दानी भने घटेको छ । अघिल्लो आवमा ५ करोड २७ लाख आर्जन गरेको कम्पनीले समीक्षा अवधिसम्म ४ करोड ९७ लाख रुपैयाँ आर्जन गरेको छ । कम्पनीले ७ लाख ४८ हजार अन्य आम्दानी गरेको छ । जुन अघिल्लो आवमा २६ हजारमा सीमित थियो ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

कम्पनीको वित्त खर्च घटेको छ । वित्त खर्च २७.९२ प्रतिशतले घटेर १ करोड ९८ लाखमा सीमित बनेको छ । प्रशासनिक खर्च र कर्मचारी खचे भने क्रमशः २२ लाख ९४ हजार र ४७ लाख ६५ हजार रहेको छ ।  

३० करोड रुपैयाँ चुक्तापूँजी भएको कम्पनीको रिटेन्ड अर्निङ ५ करोड १ लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी १.९३ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ९१.३८ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १७५ रुपैयाँ, मूल्य आम्दानी अनुपात ५२ गुणा र तरलता अनुपात २.३८ प्रतिशत कायम भएको छ । 

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.