काठमाण्डौ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको लक इन समयावधि आगामी साउन २९ गते समाप्त हुने भएको छ । मर्जरमा गएको साविकको सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको १ करोड कित्ता बढी सेयरको लक इन अवधि आज समाप्त हुन लागेको हो ।
कम्पनीको संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर र कर्मचारीका लागि सुरक्षित गरिएको सेयरको लक इन अवधि सकिन लागेको हो ।
कम्पनीको संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको १ करोड ४० लाख कित्ता संस्थापक सेयर र कर्मचारीका लागि सुरक्षित गरिएको ३ लाख कित्ता गरी कुल १ करोड ४३ लाख कित्ता सेयरको लक इन अवधि समाप्त हुन लागेको हो ।
कम्पनीले २०७८ साल साउन २० गतेदेखि २४ गतेसम्म सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको थियो । उक्त आईपीओ २०७८ साउन ३० गते बाँडफाँड भएको थियो। धितोपत्र बार्डले कम्पनीले सर्वसाधारणका लागि निष्कासन गरि बाँडफाँड गरिएको मितिले ३ वर्ष समाप्त नभएसम्म संस्थापक सेयरधनीले धारण गरेको तथा कर्मचारीलाई बाँडफाड गरिएको सेयर लक इनमा राख्नु पर्ने व्यवस्था गरेको छ ।