काठमाण्डौ । सान्जेन जलविद्युत कम्पनी लिमिटेडको लक इन अवधि कात्तिक महिनामा सकिने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाका निष्कासन गरेको सेयरको लक इन अवधि कात्तिक २९ गते समाप्त हुन लागेको हो ।
उक्त समयमा कम्पनीको ३६ लाख ५० हजार सेयरको लक इन अवधि समाप्त हुन लागेको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्र रसुवा जिल्लाका स्थानिय बासिन्दाका लागि विसं २०७९ कात्तिक २९ गते सेयर बाँडफाँड गरेको थियो ।
आयोजना प्रभावित क्षेत्रका लागि स्थानिय बासिन्दाका लागि बाँडफाँड गरिएको सेयर ३ वर्षसम्म लक इनमा राख्नुपर्ने प्रावधान रहेको छ ।