आईतवार, बैशाख ६,२०८३ 05:31:08
Bizshala
  • आईतवार, बैशाख ६,२०८३ 05:31:08
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

मध्य भोटेकाशी जलविद्युतले एकैपटक डाक्यो दुई आवको एजीएम, सेयरधनीलाई छैन लाभांशको प्रस्ताव

Bizshala
मध्य भोटेकाशी जलविद्युतले एकैपटक डाक्यो दुई आवको एजीएम, सेयरधनीलाई छैन लाभांशको प्रस्ताव
Shivam Cement

काठमाण्डौ । मध्य भोटेकाशी जलविद्युत कम्पनी लिमिटेडले एकैपटक दुई आवको साधारण सभा डाकेको छ । मंसिर २९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले यही पुस २७ गते आइतबारका दिन काठमाण्डौको चण्डोलमा रहेको कुण्डलिनी दरबार ब्याङ्क्वेटमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको छ ।

कम्पनीले १३ औं र १४ औं वार्षिक साधारण सभा आयोजना गर्न लागेको हो ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

कम्पनीले सेयरधनीहरुलाई कुनैपनि प्रकारको लाभांश नदिने निर्णय गरेकाले लाभांशसँग सम्बन्धित कुनैपनि प्रस्ताव सभामा पेश हुनेछैन ।

सभामा विभिन्न संघसंस्थालाई आर्थिक सहायता दिइएको रकम अनुमोदन गरिनेछ ।

CG Motors
Garima Development Bank
IME remit

यस्तै सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आव २०८०/८१ र २०८१/८२ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको आव २०८०/८१ र २०८१/८२ को वासलात र सोही अवधिको नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका संलग्न अनुसूचि उपर छलफल गरी पारित गर्ने र आव २०८२/८३ को लागि लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १६ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । 

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.