मध्य भोटेकोशी जलविद्युत २.७४ करोड घाटामा
काठमाण्डौ । मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेड चालु आवको तेस्रो त्रैमाससम्म २ करोड ७४ लाख रुपैयाँ घाटामा रहेको छ । अघिल्लो आवको सोही अवधिसम्म पनि कम्पनी १ करोड ३१ लाख घाटामा थियो । कम्पनीअन्तर्गत एउटा मात्रै आयोजना रहेको र उक्त आयोजना निर्माणको चरणमा रहेको हुनाले कम्पनीले विद्युत बिक्रीमार्फत कुनैपनि आम्दानी गर्न सकेको छैन ।