बिहीबार, श्रावण १४,२०८३ 11:05:37
Bizshala
  • बिहीबार, श्रावण १४,२०८३ 11:05:37
Bizshala
Global IME Bank Limited

आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि सेयर अभौतिकीकरण गर्न मध्य भोटेकोशी जलविद्युतको आग्रह

आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि सेयर अभौतिकीकरण गर्न मध्य भोटेकोशी जलविद्युतको आग्रह
New Office

काठमाण्डौ । मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुको निमित्त निष्काशन तथा बाँडफाँड गरेको सेयर अभौतिकीकरण गर्न आग्रह गरेको छ । 

कम्पनीले आज एक सूचना जारी गर्दै आयोजना प्रभावित क्षेत्र अर्थात भोटेकोशी गाउँपालिका वडा नं. १ र ५ (साविक लिस्ती गाविस र साविक मार्मिङ गाविस), बाह्रबिसे नगरपालिका वडा नं. ५ र ६ (साविक गाती गाविस) तथा बाह्रबिसे नगरपालिका वडा नं. ७ र ८ (साविक घुम्थाङ गाविस र साविक मानेश्वरा गाविस) मा बसोबास गर्ने स्थानिय बासिन्दाहरु एवं आयोजनाबाट प्रभावित क्षेत्र बाहेक सिन्धुपाल्चोक जिल्लाका अन्य क्षेत्रमा स्थायी बसोबास गर्ने स्थानीय बासिन्दाहरुका निमित्त निष्काशन तथा बिक्री खुल्ला गरी  विसं २०७८ असोज ११ गते बाँडफाँड गरिएको प्राथमिक सेयरको हालसम्म पनि केही सेयरधनीहरुले अभौतिकीकरण नगरेकाले यथाशीघ्र अभौतिकिकरण गर्न आग्रह गरेको छ ।  

यसका लागि कम्पनीले सम्बन्धित सेयरधनीहरुलाई हितग्राही खाता खोलिएको प्रमाणपत्रको प्रतिलिपि, प्राथमिक सेयर भरिएको आवेदन फारामको अर्धकट्टी र नागरिकताको प्रतिलिपि पेश गर्न भनेको छ । सेयरधनीहरुले अभौतिकिकरणका लागि ग्लोबल आइएमई क्यापिटल नक्साल, काठमाण्डौ, मध्य भोटेकोशी जलविद्युत कम्पनीको महाराजगञ्ज काठमाण्डौस्थित केन्द्रीय कार्यालय र मध्य भोटेकोशी जलविद्युत आयोजनाको बाह्रबिसे नपा (५ खोरांङ सिन्धुपाल्चोक स्थित आयोजना कार्यालयमा आवेदन दिन सक्नेछन् ।  

हालसम्म पनि हितग्राही खाता नखोलेका सेयरधनीहरूले आफूलाई पायक पर्ने कुनै पनि निक्षेप सदस्य वा ग्लोबल आइएमई बैंकको कुनै पनि शाखा कार्यालयमा सम्पर्क राखी हितग्राही खाता खोल्न सकिने कम्पनीले जनाएको छ । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.