मंगलवार, आश्विन १३,२०८३ 09:33:32
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 09:33:33
Bizshala
Global IME Bank Limited

मध्य भोटेकोशी जलविद्युत २.७४ करोड घाटामा

Bizshala
मध्य भोटेकोशी जलविद्युत २.७४ करोड घाटामा
New Office

काठमाण्डौ । मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेड चालु आवको तेस्रो त्रैमाससम्म २ करोड ७४ लाख रुपैयाँ घाटामा रहेको छ । अघिल्लो आवको सोही अवधिसम्म पनि कम्पनी १ करोड ३१ लाख घाटामा थियो ।  

कम्पनीअन्तर्गत एउटा मात्रै आयोजना रहेको र उक्त आयोजना निर्माणको चरणमा रहेको हुनाले कम्पनीले विद्युत बिक्रीमार्फत कुनैपनि आम्दानी गर्न सकेको छैन । 

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

समीक्षा अवधिसम्म कम्पनीले २५ लाख ९ हजार रुपैयाँबराबरको वित्त आम्दानी गरेको छ । अघिल्लो आवमा भने कम्पनीले १ करोड ७२ लाख रुपैयाँबराबरको वित्त आम्दानी गरेको थियो । यो अवधिसम्म कम्पनीको प्रशासनिक खर्च २ करोड ९५ लाख र ह्रासकट्टी खर्च ४ लाख ५८ हजार रुपैयाँ रहेको छ ।  

कम्पनीले भोटेकोशी नदिको जलसम्पदा प्रयोग गरी १०२ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माणको काम अघि बढाएको छ । ६ अर्ब रुपैयाँ चुक्तापूँजी भएको कम्पनीको रिटेन्ड अर्निङ ३८ करोड ६ लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ । कम्पनीको कुल चालु सम्पत्ति २१ करोड १७ लाख र कुल चालु दायित्व ६४ करोड ८१ लाख रुपैयाँ रहेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)०.६१ रुपैयाँ ऋणात्मक, प्रतिसेयर नेटवर्थ ९३.६६ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ३५५.९७ रुपैयाँ र तरलता अनुपात ०.३३ प्रतिशत कायम भएको छ । 

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.