बिहीबार, श्रावण १४,२०८३ 11:07:05
Bizshala
  • बिहीबार, श्रावण १४,२०८३ 11:07:05
Bizshala
Global IME Bank Limited

मध्य भोटेकोशी जलविद्युत ६.१२ करोड नाफामा

मध्य भोटेकोशी जलविद्युत ६.१२ करोड नाफामा
New Office

काठमाण्डौ । मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेड चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकबाट पूर्ण उत्पादन चरणमा प्रवेश गरेसँगै वित्तीय अवस्था मजबुत बनेको छ। कम्पनीले सो अवधिमा ६ करोड १२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा भने कम्पनी १ करोड ९१ लाख रुपैयाँ घाटामा थियो।

कम्पनीले विद्युत बिक्रीबाट ८१ करोड रुपैयाँ आम्दानी हासिल गरेको छ भने वित्तीय आम्दानी ८ लाख ४० हजार रुपैयाँ रहेको छ। यो अघिल्लो वर्षको सोही अवधिको १९ लाख ३७ हजार रुपैयाँको तुलनामा घटेको हो।

कम्पनीको रिटेन्ड अर्निङ ३३ करोड ३६ लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ ।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी २.०४ रुपैयाँ ,प्रतिसेयर नेटवर्थ ९४.४४ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य ३८०.२८ र तरलता अनुपात १.२५ गुणा कायम भएको छ । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.