काठमाण्डौ । मध्य भोटेकाशी जलविद्युत कम्पनी लिमिटेडद्वारा प्रवद्र्धिमत मध्य भोटे कोशी जलविद्युत आयोजनाबाट व्यापारीक उत्पादन सुरु भएको छ । सिन्धुपाल्चोक जिल्लामा अवस्थित १०२ मेगावाट क्षमताको उक्त आयोजनाबाट असोज २० गतेदेखि व्यापारिक उत्पादन सुरु भएको हो ।
नेपाल विद्युत प्राधिकरण र कम्पनीका पदाधिकारीहरु सम्मिलत समन्वय समितिको असोज २९ गते बसेको बैठकले आयोजनाको व्यापारीक उत्पादन सुरु मिति असोज २० गते मध्यान्ह १२ बजेदेखि लागू हुनेगरी कायम गर्ने निर्णय गरेको हो ।
उक्त निर्णय नेपाल विद्युत प्राधिकरणसँग भएको विद्युत खरिद बिक्री सम्झौताबमोजिम गरिएको कम्पनीद्वारा जारी सूचनामा उल्लेख छ ।