काठमाण्डौ । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको वार्षिक साधारण सभा आज आयोजना हुँदैछ । संस्थाको माघ २१ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार संस्थाको १३ औं साधारण सभा काभ्रे जिल्लाको धुलिखेलमा रहेको होटल सारथीमा बिहान ११ बजे सभा आयोजना हुन लागेको हो ।
उक्त सभामा संस्थापक सेयर सर्वसाधारणमा परिणत गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।
सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। यस्तै लेखापरीक्षकको प्रतिवेदन सहित २०८० असार मसान्तको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका अनुसूचीहरु स्वीकृत गर्ने तथा आ।व २०८०/८१ को लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ।
यस्तै संस्थागत समूहका ४ जना र सर्वसाधारण समूहको २ जना सञ्चालको निर्वाचन गर्ने प्रस्ताव पारित गरिनेछ ।
वार्षिक साधारण सभा प्रयोजनका लागि संस्थाले गत फागुन ४ गते गते एक दिनका लागि बुक क्लोज गरिसकेको छ ।