काठमाण्डौ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत ३ वटा कम्पनीको साधारण सभा आज आयोजना हुँदैछ । आज साधारण सभा आयोजना गर्ने कम्पनीहरुमा नेशनल हाइड्रोपावर, फरवार्ड माइक्रोफाइनान्स र सुपारमाई हाइड्रोपावर रहेका छन् ।
नेशनल हाइड्रो पावर कम्पनी लिमिटेड
नेशनल हाइड्रो पावर कम्पनी लिमिटेडको दुई आर्थिक वर्षको साधारण सभा काठमाण्डौको बालुवाटारमा रहेको डेलिस ओपेरा रेष्ट्रो एण्ड ब्याङक्वेटमा बिहान ११ बजेदेखि सभा सुरु हुनेछ ।
कम्पनीले २७ औं र २८ औं साधारण सभा एकैपटक गर्न लागेको हो । सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षको आव २०७९/८० र आव २०८०/८१ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरिक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७९/८० र आव २०८०÷८१ को वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरणसँग सम्बन्धित अनुसूचीहरूमाथि छलफल गरी पारित गर्ने र आव २०८०/८१ को लागि कम्पनी रजिष्ट्रारको कार्यालयबाट तोकिएको लेखापरिक्षक तथा निजको पारिश्रमिक समेत अनुमोदन गर्ने प्रस्ताव पारित गरिनेछ ।
यस्तै विज्ञ सञ्चालकहरूको नियुक्तिको अनुमोदन गर्ने, रिक्त २ जना सञ्चालक पदमा बाँकी अवधिको लागि निर्वाचन गर्ने, कम्पनीले लिएको लिने कर्जा अनुमोदन गर्ने, तल्लो इन्द्रावति जलविद्युत आयोजना, लिखु जलविद्युत आयोजना, (उज्यालो इनर्जी सोल्युशन), तल्लो इर्खुवा जलविद्युत आयोजना,मध्य त्रिशुली गंगा जलविद्युत आयोजनामा गरिएको लगानी अनुमोदन गर्ने, हकप्रद सेयरबाट प्राप्त रकमको अन्तिम बाँडफाँडको अनुमोदन गर्ने र कार्यकारी सञ्चालकको तलब भत्ता तथा सुबिधा अनुमोदन गर्ने प्रीतावहरु समेत पारित गरिनेछ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले मंसिर १९ गते एक दिनका लागि बुक क्लोज गरेको थियो ।
फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था
फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको १२ औं वार्षिक साधारण सभा सुनसरीको दुहवीमा रहेको दिनेश चौधरी स्मृति प्रतिष्ठानको सभाहलमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।
सभामा नेपाल राष्ट्र बैंकबाट वितरण गर्न स्वीकृत भए बमोजिम आव २०८०/८१ सम्मको सञ्चित मुनाफाबाट १३.३० प्रतिशत बोनस सेयर र ०.७० प्रतिशत नगद लाभांश गरी कुल १४ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ ।
यस्तै प्रस्तावित बोनश सेयर जारी हुँदा वित्तीय संस्थाको जारी तथा चुक्तापूँजी वृद्धि गर्न वित्तीय संस्थाको प्रबन्धपत्र संशोधन गर्ने, प्रबन्धपत्र तथा नियमावलीहरुम गरिने संशोधनहरुमा नियमनकारी निकायहरुले संशोधन, थपघट, समायोजन वा फेरवदल गर्न सुझाव वा निर्देशन दिएमा सो अनुरुप गर्न सञ्चालक समिति वा समितिले तोकेको व्यक्तिलाई पुर्ण अख्तियारी दिने र अन्य वित्तीय संस्थाहरुलाई गाभ्नेरगाभिने तथा प्राप्ती गर्ने प्रयोजनका लागि उपयुक्त लघुवित्त संस्थाहरु पहिचान गर्ने, समझदारी पत्रमा हस्ताक्षर गर्ने र आबश्यक कार्य अगाडी बढाउन सञ्चालक समिति वा समितिले तोकेको व्यक्तिलाई पूर्ण अख्तियारी दिने विशेष प्रस्तावहरु पारित गरिनेछ ।
सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षबाट प्रस्तुत गरिने आव २०८०/०८१ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको २०८१ असार मसान्तको वासलात तथा सोही मितिमा समाप्त आव २०८०/०८१ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सम्बन्धित अनूसुचिहरुमाथि छलफल गरी पारित गर्ने र आर्थिक वर्ष २०८१/८२ को कारोबारको लेखापरीक्षण गर्नका लागि लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव समेत पारित गरिनेछ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि संस्थाले मंसिर १४ गते एक दिनका लागि बुक क्लोज गरिसकेको छ । यसर्थ कात्तिक १३ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै संस्थाको लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन् ।
सुपारमाई हाइड्रोपावर
सुपरमाई हाईड्रोपावर लिमिटेडको १० औं साधारण सभा काठमाण्डौको नक्सालमा रहेको लिसरा रिसेप्सनमा दिनको ४ बजेदेखि सुरु हुनेछ । सभामा गत आवका लागि प्रस्तावित ७ प्रतिशत बोनस सेयर र ५.६३१ प्रतिशत नगद लाभांश गरी कुल १२.६३१ प्रतिशत लाभांश वितरणको विशेष प्रस्ताव पारित गरिनेछ ।
यस्तै सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने वार्षिक प्रतिबेदनमाथि छलफल गरी पारित गर्ने आव २०८०/८१ को लेखा परिक्षण प्रतिवेदन वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा छलफल गरी पारित गर्ने र आव २०८१/८२ को लागि लेखा परिक्षक नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले मंसिर १७ गते एक दिनका लागि बुक क्लोज गरिसकेको । यसर्थ मंसिर १६ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन् ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                