कालठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडको २३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकको उक्त सभा आइतबार काठमाण्डौको भद्रकालीमा रहेको आर्मी अफिसर्स क्लबमा बैंकका सञ्चालक समितिका अध्यक्ष मनोज कुमार केडियाको अध्यक्षतामा सम्पन्न भएको हो ।
साधारण सभाले गत आवका लागि ४ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि समेत) लाभांश प्रदान गर्ने विशेष प्रस्ताव पारित गरेको छ । यस्तै एसबिएल ८.२५% अविमोच्य असञ्चिति अग्राधिकार सेयर सम्बन्धित नियमनकारी निकायको स्विकृती पश्चात्जारी गर्ने लगायतका प्रस्तावहरु पारित गरेको छ ।
साथै, बैंकको वार्षिक साधारण सभामा भएको निर्वाचनबाट सञ्चालक समितिमा संस्थापक सेयरधनी समूहको तर्पmबाट राहुल अग्रवाल , दिनेश शंकर पालिखेर बिरेन्द्र कुमार शाह निर्विरोध
निर्वाचित भएका छन् । यसैगरी, सर्वसाधारण सेयरधनी समूहको तर्पmबाट अंकित केडिया (प्रतिनिधि–लेभरेज होल्डिङ्ग्स प्रालि. र भोजन अर्याल (प्रतिनिधि–रिनुवल इन्भेष्टमेन्ट प्रालि) निर्विरोध निर्वाचित भएका छन् ।