काठमाण्डौ । ओरियण्टल होटल्स् लिमिटेडले लाभांश घोषणा गरेको छ । भदौ २७ गते बसेको कम्पनीको सञ्चालक समितिकिो बैठकले गत आवका लागि लाभांश प्रस्ताव गरेको हो ।
बैठकले गत आवका लागि सेयरधनीहरुलाई ५ प्रतिशतका दरले बोनस सेयर र ०.२६३१६ नगद लाभांश(कर प्रयोजनका लागि) बितरण गर्ने निर्णय गरेको छ ।
यस्तै बैठकले असोज २० गते ललितपुरको जावलाखेलमा रहेको नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा २७ औं वार्षिक साधारण सभा गर्ने निर्णय समेत गरेको छ । बैठकमा लाभांशको प्रस्ताव र सोहि अनुसार चुक्तापूँजी वृद्धि गर्ने प्रस्ताव समेत पारित हुनेछ ।
यस्तै सभामा आव २०८०/०८१ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरिक्षकको प्रतिवेदन सहितको २०८१ असार मसान्तको वासलात तथा आव २०८०/०८१ को नाफा नोक्सान हिसाब, एवम् सोही अवधिको नगद प्रवाह विवरण, ईक्वीटीमा भएको परिवर्तन लगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्ध वित्तीय विवरण सहितका अनुसूचीहरू उपर छलफल गरी पारित गर्ने र आव २०८१/०८२ को लागि लेखापरिक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रीताव पारित गरिनेछ ।
लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि कम्पनीले असोज ७ गतेदेखि २० गतेसम्म कम्पनीको बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ असोज ६ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन् ।