काठमाण्डौ। नेपाल हाईड्रो एण्ड इलेक्ट्रिक लिमिटेडले एकैपटक दुई आर्थिक वर्षको वार्षिक साधारण सभा डाकेको छ । असार ३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले १८ औं र १९ औं वार्षिक साधारण सभा डाकेको हो । बैैठकले आगामी साउन ६ गते बिहान ११ बजे बुटवलमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा सभा आयोजना गर्ने निर्णय गरेको छ ।
उक्त सभामा कम्पनीको सञ्चालक समितिद्वारा आव २०७९/८० का लागि प्रस्तावित १० प्रतिशत बोनस सेयर र ०.५३ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल १०.५३ प्रतिशत लाभांश वितरण र आर्थिक वर्ष २०७८/७९ का लागि ८ प्रतिशत बोनस सेयर र ०.४२ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि)को प्रस्ताव पारित गरिनेछ ।
यसका साथै, बोनस सेयर जारी गदौ कम्पनीको चुक्तापूँजी वृद्धि गर्नका लागि पूँजी वृद्धि गर्नुपर्ने भएकाले कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने र नेपाल इ्रन्भेष्टमेन्ट मेगा बैंकबाट ऋण सीमा स्वीकृत गर्ने प्रस्ताव पारित गरिनेछ ।
सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिने आर्थिक वर्ष २०७९/८० र २०७८/७९ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। यसैगरी लेखापरीक्षकको प्रतिवेदन सहितको आव २०७९/८० र २०७८/७९ को वासलात ,नाफा नोक्सान हिसाब, तथा नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गरिनुका साथै चालु आव २०८०/८१ को लेखापरीक्षणका लागि लेखापरीक्षको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ।