काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत २ वटा लघुवित्त कम्पनीको साधारण सभा आज आयोजना हुँदैछ । आज नेष्डो समृद्ध लघुवित्त र मानुषी लघुवित्तको साधारण सभा आयोजना हुन लागेको हो ।
नेष्डो समृद्ध लघुवित्त
नेष्डो समृद्ध लघुवित्तको वार्षिक साधारण सभा आज पर्वत जिल्लाको कुश्मामा रहेको रोयल कुश्मा रिसोर्टमा दिउँसो साढे ११ बजे आयोजना हुनेछ। उक्त सभामा गत आवको अवितरित मुनाफाबाट हाल कायम रहेको चुक्तापूँजीको १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि)गरी कुल १५ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ ।
यसैगरी सभामा आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ । सभामा लेखापरीक्षकको प्रतिवेदनसहितको २०८१ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विववरणहरुमाथि छलफल गारी पारित गरिनुका साथै चालु आर्थिक वर्षको लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ ।
वार्षिक साधारण सभा प्रयोजनका लागि संस्थाले गत फागुन २८ गते एक दिनका लागि बुक क्लोज गरिसकेको छ ।
मानुषी लघुवित्त
मानुषी लघुवित्त वित्तीय संस्था लिमिडेटको छैठौं वार्षिक साधारण सभा भक्तपुर जगातीमा रहेको होटल भ्यु भक्तपुरमा बिहान १०ः३० बजेदेखि सुरु हुनेछ । सभामा संस्थाको प्रबन्धपत्र तथा नियमावलीमा नियनकारी नियकाबाट कुनै निर्देशन भएमा सोहि बमोजिम गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।
यस्तै, अन्य लघुवित्तसँग एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति/समाहितरडिमर्जर गर्ने प्रयोजनका लागि उपयुक्त संस्थाको पहिचान गर्ने र यससम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत पारित गरिनेछ । सभामा गत आव २०८०/८१ को वार्षिक प्रतिवेदन तथा २०८१ असार मसान्तसम्मको वासलात र गत आवको नाफा नोक्सान हिसाब,नगद प्रवाह विवरण तथा सोहि अवधिको अन्य वित्तीय विवरणहरुमाथि छलफल गरी पारित गरिनुका साथै चालु आवका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित हुनेछ ।
साधारण सभा प्रयोजनका लागि संस्थाले गत फागुन २५ गते एक दिनका लागि बुक क्लोज गरेको थियो ।