काठमाण्डौ । आईपीओको प्रस्ताव पारित गर्न डाकिएको जय अम्बे स्टिल्स लिमिटेडको साधारण सभा स्थगित भएको छ । फागुन १४ गते ललितपुरमा रहेको होटल हिमालयमा बिहान साढे ११ बजेदेखि आयोजना गर्ने तय भएको कम्पनीको साधारण सभा विविध कारणले आयोजना हुन नसक्ने भएकाले अर्को सूचना प्रकाशित नहुन्जेलका लागि स्थगित गर्नु परेको कम्पनीले जनाएको छ ।
उक्त सभामा सर्वसाधारणमा प्रिमियम मूल्यमा आईपीओ जारी गर्ने र आईपीओबाट प्राप्त रकमको उपयोगका बारेमा निर्णय लिने विशेष प्रस्ताव पारित गरिने तय भएको थियो ।
यस्तै कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने र गत आवको वार्षिक प्रतिवेदन तथा सम्पूर्ण वित्तीय विवरणहरु समेत पारित गर्ने कार्यसूची थियो ।

