बिहीबार, श्रावण १४,२०८३ 11:13:34
Bizshala
  • बिहीबार, श्रावण १४,२०८३ 11:13:34
Bizshala
Global IME Bank Limited

युनिक नेपाल लघुवित्तको साधारण सभा पुसमा, बुक क्लोज कहिले ?

युनिक नेपाल लघुवित्तको साधारण सभा पुसमा, बुक क्लोज कहिले ?
New Office

काठमाण्डौ । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले आगामी पुस १० गते छैठौं साधारण सभा आयोजना गर्ने भएको छ । संस्थाको मंसिर १५ गते बसेको सञ्चालक समितिको बैठकले कोहलपुरमा रहेको होटल सेन्ट्रल प्लाजामा बिहान १० बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।  

संस्थाले गत आवका लागि कुनै पनि प्रकारको लाभांश नदिने निर्णय गरेकाले सभामा लाभांससँग सम्बन्धित कुनै पनि अजेण्डा पेश हुने छैन । सभामा अन्य कुनै लघुवित्तसँग एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्तिसम्बनधी उपयुक्त प्रस्ताव आएमा सोसँग सम्बन्धित सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।  

यस्तै सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिने गत आवको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनुका साथै लेखापरीक्षकको प्रतिवेदनसहित गत असार मसान्तसम्मको वासलात,नाफा नोक्सान हिसाब नगद प्रवाह विवरण पारित गरिनेछ ।  

चालु आवका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत सभाबाट पारित हुनेछ ।  

साधारण सभा प्रयोजनका लागि संस्थाले पुस २ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.