युनिक नेपाल लघुवित्तद्वारा लाभांश नबाँड्ने निर्णय, निष्क्रिय कर्जाका कारण मुनाफा प्रभावित
काठमाण्डौ। युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीहरुलार्ई लाभांश नदिने निर्णय गरेको छ । संस्थाको पुस २२ गते बसेको सञ्चालक समितिको १०८औँ बैठकले आर्थिक वर्ष २०८१/८२ का लागि नगद तथा बोनस सेयर वितरण नगर्ने निर्णय गरेको हो।बैठकले देशव्यापी रूपमा विगत चार वर्षदेखि निरन्तर देखिएको लघुवित्त विरोधी गतिविधिका कारण कर्जा नतिर्ने प्रवृत्ति बढ्दै गएको निष्कर्ष...

