मंगलवार, आश्विन १३,२०८३ 08:36:22
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 08:36:22
Bizshala
Global IME Bank Limited

स्वस्तिक लघुवित्तले डाक्यो साधारण सभा, यस्ता छन् प्रस्ताव

Bizshala
स्वस्तिक लघुवित्तले डाक्यो साधारण सभा, यस्ता छन् प्रस्ताव
New Office

काठमाण्डौ । स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो सातौँ वार्षिक साधारण सभा आह्वान गरेको छ । साउन ३० गते बसेको सञ्चालक समितिको बैठकले आगामी भदौ २७ गते सभा आयोजना गर्ने निर्णय गरेको हो। संस्थाको सञ्चालक समितिको १९७औँ बैठकको निर्णयअनुसार सभा लहानस्थित विशाल होटलमा बिहान ११ बजे बस्नेछ।

सभामा संस्थाको प्रबन्धपत्र तथा नियमावलीको केही दफाहरु संशोधन गर्ने र अन्य ‘घ’ वर्गको कुनै वित्तीय संस्थासँग मर्जर वा प्राप्ति गर्न उपयुक्त देखिएमा सो गर्ने र यसका लागि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विेशष प्रस्ताव पारित गरिनेछ ।

सभामा आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायतका वित्तीय प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने प्रस्ताव रहेको छ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

त्यसैगरी, आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण, सर्वसाधारण सेयरधनीको प्रतिनिधित्व गर्ने एक महिलासहित दुई जना सञ्चालकको निर्वाचनलगायतका विषय साधारण सभाको कार्यसूचीमा राखिएको छ।

सभाले संस्थाको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने, हकप्रद सेयर जारी गर्ने तथा अन्य वित्तीय संस्थासँग मर्जर वा प्राप्ति प्रक्रियामा जानेसम्बन्धी प्रस्तावमाथि पनि छलफल गर्नेछ।

साथै, सञ्चालक समितिलाई आवश्यक कार्यका लागि अख्तियारी प्रदान गर्ने प्रस्तावसमेत रहेको संस्थाले जनाएको छ।

साधारण सभा प्रयोजनका लागि संस्थाले भदौ ११ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ भदौ १० गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरु मात्रै संस्थाको सभामा सहभागी हुन पाउनेछन्।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.