बिहीबार, चैत्र २१,२०८१ 02:34:59
IME remit
  • बिहीबार, चैत्र २१,२०८१ 02:34:59
IME remit
Global IME Bank Limited

माण्डु हाईड्रोपावरको साधारण सभा आज, लाभांशको प्रस्ताव पारित गरिने

Hyundai Nepal
माण्डु हाईड्रोपावरको साधारण सभा आज, लाभांशको प्रस्ताव पारित गरिने
Nabil Bank Limited

काठमाण्डौ । माण्डु हाईड्रोपावर लिमिटेडको वार्षिक साधारण सभा आज आयोजना हुँदैछ । आज कम्पनीको १३ औं वार्षिक साधारण सभा आयोजना हुन लागेको हो । उक्त सभा काठमाण्डौको नयाँ बजारमा रहेको नेपा बैंक्वेटमा बिहान १० बजेदेखि सुरु हुनेछ ।  

सभामा  आव २०८०/८१ को मुनाफाबाट सेयरधनीहरुलाई कम्पनीको हालको चुक्ता पुँजी १ अर्ब ३६ करोड ३६ लाख ३७ हजार रुपैयाँको १२ प्रतिशतले हुन आउने १२ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।  

Shivam Cement
Bizshala
CG Motors

यस्तै आव २०८०/८१ सञ्चालक समितिको वार्षिक प्रतिवेदन माथि छलफल गरि पारित गर्ने, आव २०८०/८१ को लेखापरिक्षकको प्रतिवेदन, २०८१ असार मसान्तसम्मको वासलात र आव २०८०/८१ को आयव्यय विवरण र सोही अवधिको नगद प्रवाह लगायत वित्तिय विवरण उपर छलफल गरि पारित गर्ने र आव २०८१/८२ को कारोवारको हिसाब लेखापरिक्षण गर्नका निमित्त लेखापरिक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यसैगरी सभामा कम्पनीको कायम चुक्तापूँजीलाई कम्पनी रजिष्टर्ड कार्यालयमा अध्यावधिक गर्ने निर्णय समेत पारित हुनेछ ।  

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले भदौ ३१ गते बुक क्लोज गरेको थियो । यसर्थ भदौ ३० गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन् ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.