माण्डु हाइड्रोपावरको १.२२ करोड कित्ता सेयरको लक इन अवधि आजदेखि समाप्त हुँदै
काठमाण्डौ । माण्डु हाइड्रोपावर लिमिटेडको लक इन अवधि आजदेखि समाप्त हुने भएको छ । आजदेखि कम्पनीको कुल १ करोड २२ लाख २२ हजार ५५३ कित्ता सेयरको लक इन अवधि समाप्त हुन लागेको हो ।लक इन अवधि समाप्त हुन लागेका सेयरहरूमा संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको १ करोड २० लाख कित्ता, आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूको १ लाख ९३ हजार ७ सय कित्ता र कर्मचारीहरूका लागि सुरक्षित गरिएको...

