माण्डु हाईड्रोद्वारा सञ्चालित जलविद्युत आयोजनाबाट पुनः विद्युत उत्पादन सुचारु
काठमाण्डौ । माण्डु हाईड्रोपावर लिमिटेडद्वारा सञ्चालित बागमती साना जलविद्युत आयोजनाबाट पुनः विद्युत उत्पादन सुचारु भएको छ । योजनाको पुनः निर्माण कार्य सम्पन्न गरी कम्पनीको २ वटा युनिटमध्ये साउन १९ मा एउटा युनिट र अर्को युनिटबाट भदौ १२ देखि विद्युत उत्पादन सुचारु भएको हो ।