सोमबार, असार २,२०८२ 11:21:48
  • सोमबार, असार २,२०८२ 11:21:48
Global IME Bank Limited

माण्डु हाईड्रोपावरको नाफामा ३२% को गिरावट, आम्दानी पनि २३% ले घट्यो

Hyundai Nepal
माण्डु हाईड्रोपावरको नाफामा ३२% को गिरावट, आम्दानी पनि २३% ले घट्यो
Nabil Bank Limited

काठमाण्डौ । माण्डु हाईड्रोपावर लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनीले १५ करोड २ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा गत आवको सोहि अवधिको तुलनामा ३२.१८ प्रतिशतले कम हो । अघिल्लो आवको तेस्रो त्रैमाससम्म कम्पनीले २२ करोड १५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  

समीक्षा अवधिसम्म कम्पनीको कुल आम्दानी ४४ करोड २९ लाख रुपैयाँ रहेको छ । यो रकम गत आवको तुलनामा २३.८८ प्रतिशतले कम हो । कम्पनीले कर्मचारीको तलब तथा सेवा सुविधाका लागि १ करोड ९२ लाख, सञ्चालन तथा मर्मतका लागि ३ करोड ५२ लाख र प्रशासनिक सञ्चालनका लागि ५८ लाख २ हजार रुपैयाँ खर्च गरेको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यस्तै कम्पनीको वित्त खर्च १२ करोड २७ लाख र सामाजिक उत्तर दायित्वअन्तर्गत १५ लाख १७ हजार रुपैयाँ खर्च गरेको छ । १ अर्ब ३६ करोड रुपैयाँ चुक्तापूँजी भएको कम्पनीले सेयर प्रिमियम शिर्षकमा १७ करोड ५ लाख रुपैयाँ छुट्टाएको छ ।  

कम्पनीको रिटेन्ड अर्निङ ४५ करोड ८० लाख रुपैयाँ रहेको छ । यो अवधिमा कम्पनीको कुल चालु सम्पत्ति ५३ करोड ५७ लाख रुपैयाँ र कुल चालु दायित्व ३७ करोड ६१ लाख रुपैयाँ रहेको छ ।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)१४.६९ रुपैयाँ,प्रतिसेयर नेटवर्थ १४६.१० रुपैयाँ,मूल्य आम्दानी अनुपात ५९.६९ गुणा र तरलता  अनुपात १.४२ प्रतिशत कायम भएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.