काठमाण्डौ । माण्डु हाईड्रोपावर लिमिटेडको अध्यक्षमा रबिन्द्रलाल श्रेष्ठ नियुक्त भएका छन् । कम्पनीको असार २८ गते बसेको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई रिक्त रहेको अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
यस्तै सोही बैठकले यसअघिका अध्यक्ष महेश्वर पकाश श्रेष्ठले दिएको राजीनामा समेत स्वीकृत गरेको छ ।