काठमाण्डौ । माण्डु हाइड्रोपावर लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको भदौ २० गते बसेको सञ्चालक समितिको बैठकले गत आवका लागि लाभांश घोषणा गरेको हो ।
बैठकले आव २०८०/८१ को मुनाफाबाट सेयरधनीहरुलाई कम्पनीको हालको चुक्तापूँजी १ अर्ब ३६ करोड ३६ लाख ३७ हजार रुपैयाँको १२ प्रतिशत नगद लाभांश प्रचलित कानुन बमोजिम कर कट्टी गरी वितरण गर्ने निर्णय गरेको छ ।
कम्पनीले लाभांश पारित गर्न वार्षिक साधारण सभा समेत डाकेको छ । कम्पनीको १३औ वार्षिक साधारणसभा आगामी असोज १४ गते काठमाण्डौ नयाँ बजारमा रहेको नेपा ब्याङ्क्वेटमा बिहान १० बजेदेखि आयोजना गर्ने निर्णय भएको छ ।
लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि कम्पनीले भदौ ३१ गते बुक क्लोज गर्ने निर्णय समेत गरेको छ । यसर्थ भदौ ३० गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांश प्राप्त गर्न र सभामा सहभागी हुन योग्य हुनेछन् ।