काठमाण्डौ । माण्डु हाईड्रोपावर लिमिटेडको विद्युत उत्पादन बन्द भएको छ ।
असोज ११ गते शुक्रवारको दिनदेखि परेको अविरल भिषण वर्षाको कारणले बागमती खोलामा आएको भिषण बाढी तथा पहिरोले यस आयोजनाको पावर हाउस तथा हेड वर्बसमा रहेको भौतिक संरचना लगायत उपकरणहरुमा क्षति पुगेको छ ।
यसका साथै, प्लान्ट सञ्चालन अवरुद्ध भई काबु भन्दा बाहिरको स्थिति श्रृजना भई विद्युत उत्पादन हुन नसकेको कम्पनीले जनाएको छ । यस सम्बन्धी पूर्ण क्षतिको विवरण आउन बाँकि रहेको समेत कम्पनीले जनाएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।