काठमाण्डौ । माण्डु हाइड्रोपावर लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले भदौ ५ गते बुक क्लोज गर्दैछ । यसर्थ आजसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरु मात्रै कम्पनीले घोषणा गरेको लाभांश पाउन र साधारण सभामा सहभागी हुनका लागि योग्य हुनेछन् ।
कम्पनीले सेयरधनीहरुलाई हाल कायम चुक्ता पुँजी रु. १ अर्ब ३६ करोड ३६ लाख ३७ हजारको १२.५२६३४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
प्रस्तावित नगद लाभांशमध्ये ०.५२६३४ प्रतिशत आर्थिक वर्ष २०८१/८२ को बोनस सेयर लाभांश कर प्रयोजनका लागि तथा बाँकी १२ प्रतिशत आर्थिक वर्ष २०८२/८३ को सञ्चित मुनाफाबाट वितरण गर्न प्रस्ताव गरिएको हो।
कम्पनीले लाभांश पारित गर्न भदौ १८ गते १४औँ तथा १५औँ वार्षिक साधारण सभा डाकेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।