आईतवार, फाल्गुन ११,२०८१ 10:37:55
IME remit
  • आईतवार, फाल्गुन ११,२०८१ 10:37:55
IME remit
Global IME Bank Limited

लाभांशको प्रस्ताव पारित गर्न नेशनल लघुवित्तले डाक्यो एजीएम, ६.६९ लाख कित्ता एफपीओ निष्कासन गर्ने

Hyundai Nepal
लाभांशको प्रस्ताव पारित गर्न नेशनल लघुवित्तले डाक्यो एजीएम, ६.६९ लाख कित्ता एफपीओ निष्कासन गर्ने
Nabil Bank Limited

काठमाण्डौ । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। संस्थाको फागुन १७ गते बसेको सञ्चालक समितिको बैठकले १० औँ वार्षिक साधारण सभा डाकेको हो।  

बैठकले आगामी चैत १६ गते धुलिखेलमा रहेको धुलिखेल लज रिसोर्ट बिहान १०.३० बजे सभा आयोजना गर्ने निर्णय गरेको छ।  

उक्त सभामा गत आर्थिक वर्षका लागि प्रस्ताव गरिएको ७.५ प्रतिशत बोनस सेयर र ७.५ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि समेत)गरी कुल १५ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ। 

Shivam Cement
CG Motors
Sagarmatha Cement

सभामा संस्थाको रजिष्टर्ड(केन्द्रिय कार्यालय)काठमाण्डौको बुढानिलकण्ठ नगरपालिका वडा न ८ मा स्थानान्तरण गर्ने,संस्थापक र सर्वसाधारण समूहको सेयर पूँजीको अनुपात क्रमशः७० र ३० प्रतिशत कायम गर्ने र बोनस सेयर वितरणपश्चात कायम हुने संस्थापक र सर्वसाधारण समूहको सेयरपूँजीको अनुपात मिलान गर्दा नपुग भएको सर्वसाधारण तर्फको जम्मा ६ लाख ६९ हजार ९००.२९ कित्ता थप सार्वजनिक निष्कासन(एफपीओ)मार्फत सेयर जारी गर्ने प्रस्ताव पारित गरिनेछ ।  

यस्तै सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने आव २०७९/८० को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। यस्तै सभामा लेखापरीक्षकको प्रतिवेदन सहितको २०८० असारमसान्तको वासलात, नाफा नोक्सान हिसाब नगद प्रवाह विवरण लगायतका अन्य वित्तीय विवरणहरुमाथि छलफल गरी पारित गरिनुका साथै संस्थापक समूहतर्फबाट ४ जना र सर्वसाधारण सेयरधनीका तर्फबाट २ जना सञ्चालको गरी कुल ६ जना सञ्चालको निर्वाचन गर्ने प्रस्ताव पारित गरिनेछ ।  

लाभांस वितरण तथा साधारण सभा प्रयोजनका लागि संस्थाले फागुन ३० गतेदेखि चैत १६ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । 

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.