काठमाण्डौ । त्रिशुली जलविद्युत कम्पनी लिमिटेडले पुस २५ गते साधारण सभा आयोजना गर्ने भएको छ । उक्त १३ औं साधारण सभा काठमाण्डौको भाटभटेनीमा रहेको आम्रपाली ब्याङक्वेटमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।
कम्पनीले गत आवका लागि सेयरधनीहरुलाई लाभांश प्रदान नगर्ने निर्णय गरेकाले सभामा लाभांशको कुनै पनि अजेण्डा पेश हुने छैन ।
सभामा आव २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरि पारित गर्ने, आव २०८०/८१ को लेखापरीक्षकको प्रतिवेदनसहितको वित्तिय विवरणहरु उपर छलफल गरि पारित गर्ने र आव २०८१/८२ को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावहरु पारित गरिनेछ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ पुस १७ गतेसम्म कायम सेयरधनीहरु मात्रै सभामा सहभागी हुन योग्य हुनेछन् ।