त्रिशुली जलविद्युतद्वारा साधारण सभा आह्वान, बुक क्लोज कहिले ?
काठमाण्डौ । त्रिशुली जलविद्युत कम्पनी लिमिटेडले पुस २५ गते साधारण सभा आयोजना गर्ने भएको छ । उक्त १३ औं साधारण सभा काठमाण्डौको भाटभटेनीमा रहेको आम्रपाली ब्याङक्वेटमा बिहान ११ बजेदेखि सुरु हुनेछ । कम्पनीले गत आवका लागि सेयरधनीहरुलाई लाभांश प्रदान नगर्ने निर्णय गरेकाले सभामा लाभांशको कुनै पनि अजेण्डा पेश हुने छैन ।