काठमाण्डौ । त्रिशुली जलविद्युत कम्पनी लिमिटेड चालु आवको दोस्रो त्रैमाससम्म ८० लाख ११ हजार रुपैयाँ घाटामा रहेको छ । अघिल्लो आवको सोहि अवधिसम्म पनि कम्पनी १ करोड ८६ लाख रुपैयाँ घाटामै रहेको थियो ।
कम्पनीले हाल ३७ मेगावाटको त्रिशुली बीथ्री हाईड्रो इलेक्ट्रिक प्रोजेक्ट आयोजना गरिरहेकाले विद्युत बिक्रीबाट कुनै पनि आम्दानी गरेको छैन । यो अवधिसम्म कम्पनीले १ करोड २३ लाख रुपैयाँबराबरको अन्य आम्दानी गरेको छ । कर्मचारी खर्च १ करोड २३ लाख रुपैयाँ र प्रशासनिक तथा सामान्य खर्च ६३ लाख रुपैयाँ रहेको कम्पनीको कुल खर्च २ करोड ३ लाख रुपैयाँ रहेको छ ।
अघिल्लो आवमा कम्पनीको कुल खर्च १ करोड ९० लाख रुपैयाँ रहेको थियो ।
यो अवधिसम्म कम्पनीको रिटेन्ड अर्निङको आकार २२ करोड ६१ लाख रुपैयाँ ऋणात्मक अवस्थामा छ । कम्पनीको कुल चालु सम्पत्ति १ अर्ब ६ करोड र कुल चालु दायित्व १ अर्ब ३७ करोड रुपैयाँ रहेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(वार्षिक) ०.४५ रुपैयाँ ऋणात्मक,प्रतिसेयर नेटवर्थ ८७.३६ रुपैयाँ र मूल्य आम्दानी अनुपात १३०४.१८ गुणा ऋणात्मक अवस्थामा छ ।