काठमाण्डौ । त्रिशुली जलविद्युत कम्पनी लिमिटेडको अध्यक्षमा हितेन्द्र देव शाक्य चयन भएका छन् । मंसिर २९ गते बसेको कम्पनीको सञ्चालक समितिको २३३ औं बैठकले शाक्यलाई अध्यक्ष चयन गर्ने निर्णय गरेको हो ।
शाक्यलाई अध्यक्षका लागि सञ्चालक राजेन्द्र अर्यालले प्रस्ताव राखेका थिए । जुन प्रस्तावमा सबै सञ्चालकहरुले सहमति जनाएका थिए ।

