बिहीबार, श्रावण १४,२०८३ 01:21:58
Bizshala
  • बिहीबार, श्रावण १४,२०८३ 01:21:58
Bizshala
Global IME Bank Limited

हकप्रदको प्रस्तावसहित पाँचथर पावरले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?

हकप्रदको प्रस्तावसहित पाँचथर पावरले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?
New Office

काठमाण्डौ । पाँचथर पावर कम्पनी लिमिटेडले हकप्रद निष्कासनको विशेष प्रस्तावसहित साधारण सभा आयोजना गर्ने भएको छ । माघ २ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले नवौं साधारण सभाको मिति निर्धारण गरेको हो ।  

बैठकले उक्त सभा यही माघ २४ गते काठमाण्डौको बत्तिसपुतलीमा रहेको होटल इम्पेरियलमा बिहान ११ बजेदेखि सुरु गर्ने निर्णय गरेको हो । उक्त सभामा कम्पनीको हाल कायम रहेको चुक्तापूँजीको शतप्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने सम्बन्धमा विद्युत नियमन आयोगबाट पूर्व स्वीकृति लिई (विद्युत नियमन आयोगमा पूर्व स्वीकृतिको लागि निवेदन पेश गरिएको) हकप्रद सेयर निष्काशन गर्ने र सो अनुसार प्राप्त हुने रकमको उपयोग बारेमा सञ्चालक समितिले गरेको निर्णय पारित गर्ने र अधिकृत, जारी तथा चुक्ता पूँजी बृद्धि गर्ने गरि प्रवन्धपत्रमा आवश्यक संशोधन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।  

यस्तै सञ्चालक समितिको आर्थिक वर्ष २०८०/८१को प्रतिवेदनमासथ  छलफल गरी पारित गर्ने , लेखापरीक्षकद्वारा प्रस्तुत आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण लगायत सोसंग सम्वन्धित अनुसुचीहरुमाथि छलफल गरि पारित गर्ने, आर्थिक वर्ष २०८१/८२ को लागी लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने र सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्तावहरु समेत पारित गरिनेछ ।  

साधारण सभा प्रयोजनका लागि कम्पनीले माघ ११ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ माघ १० गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै सभामा सहभागी हुन योग्य हुनेछन् ।    

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.