अघिल्लो आवमा घाटामा रहेको पाँचथर पावरद्वारा ९.०४ करोड नाफा आर्जन
काठमाण्डौ । अघिल्लो आवको दोस्रो त्रैमाससम्म ७ करोड ७६ लाख रुपैयाँ घाटामा रहेको पाँचथर पावर कम्पनी लिमिटेडले नाफा आर्जन गरेको छ । कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्म ९ करोड ४ लाख रुपैयाँ नाफा कमाएको छ । कम्पनीले विद्युत बिक्रीमार्फत २३ करोड ९४ लाख रुपैयाँ आर्जन गरेको छ ।

