सोमबार, असार २,२०८२ 02:10:25
  • सोमबार, असार २,२०८२ 02:10:25
Global IME Bank Limited

पाँचथर पावर १२.५ करोड घाटामा, विद्युत बिक्री आम्दानी शुन्य

Hyundai Nepal
पाँचथर पावर १२.५ करोड घाटामा, विद्युत बिक्री आम्दानी शुन्य
Nabil Bank Limited

काठमाण्डौ । पाँचथर पावर कम्पनी लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्ममा १२ करोड ५ लाख रुपैयाँ घाटा व्यहोरेको छ । अघिल्लो आवको सोहि अवधिसम्म भने कम्पनीले ८ करोड ६० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  

यो अवधिमा विद्युत उत्पादन ठप्प बन्दा कम्पनीले कुनै पनि आम्दानी गर्न सकेको छैन । गत वर्षको असार महिनामा आएको बाढीले आयोजनालाई क्षति पुर्याएकाले कम्पनीको आयोजना असार महिनादेखि बन्द अवस्थामा छ । अहिले आयोजना पुनःनिर्माण तथा मर्मत कार्य भईरहेको हुँदा कम्पनीले विद्युत बिक्रीमार्फत कुनै पनि आम्दानी गर्न सकेको छैन ।  

बाढीले आयोजनाको सिभिल संरचनासहित पावर हाउस लगायत इलेक्ट्रो मेकानिकल इक्यूपमेन्ट समेतमा क्षति हुन गएकाले आगामी असार मसान्तसम्ममा आयोजना पुनःमर्मत कार्य भईसक्ने कम्पनीले जनाएको छ ।  

यस त्रैमासमा आम्दानी लसको बीमा बापत दाबी गरिएको रकममध्ये प्राप्त भएको ८ करोड रुपैयाँलाई अन्य आम्दानीमा लेखांकन गरिएको कम्पनीले जनाएको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

चैत मसान्तसम्म कम्पनीको कर्मचारी खर्च ३२ लाख १८ हजार,अन्य सञ्चालन खर्च १ करोड ३५ लाख र वित्त खर्च ११ करोड ९० लाख रुपैयाँ रहेको छ । कम्पनीको चुक्तापूँजी ९६ करोड २५ लाख रुपैयाँ रहेको छ ।  

त्यस्तै कम्पनीको रिजर्भको आकार १ करोड ७९ लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ । कम्पनीको कुल चालु सम्पत्ति २० करोड २८ लाख र कुल चालु दायित्व २६ करोड ७७ लाख रुपैयाँ छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)०.१३ रुपैयाँले ऋणात्मक,प्रतिसेयर  नेटवर्थ ९८.१३ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य २६३.२० रुपैयाँ र तरलता अनुपात ०.७६ गुणा कायम भएको छ ।       

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.