मंगलवार, चैत्र १९,२०८१ 11:12:53
IME remit
  • मंगलवार, चैत्र १९,२०८१ 11:12:53
IME remit
Global IME Bank Limited

पाँचथर पावर ३.०१ करोड घाटामा, विद्युत बिक्री आम्दानी शुन्य

Hyundai Nepal
पाँचथर पावर ३.०१ करोड घाटामा, विद्युत बिक्री आम्दानी शुन्य
Nabil Bank Limited

काठमाण्डौ । पाँचथर पावर कम्पनी लिमिटेडले चालु आवको पहिलो त्रैमाससम्ममा ३ करोड १ लाख रुपैयाँ घाटा व्यहोरेको छ । अघिल्लो आवको सोहि अवधिसम्म भने कम्पनीले ८ करोड ६० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  

यो अवधिमा कम्पनीले विद्युत बिक्रीमार्फत कुनै पनि आम्दानी गरेको छेन । आयोजनाबाट उत्पादन हुने २०८० असार महिनामा आएको बाढीले आयोजनालाई क्षति पुर्याएकाले आयोजना असारदेखि बन्द रहेको र आयोजना पुनः निर्माण तथा मर्मत कार्य भईरहेको हुदा यस आवको प्रथम त्रैमास सम्ममा आम्दानी हुन नसकेको कम्पनीले जनाएको छ । 

Shivam Cement
Bizshala
CG Motors

बाढीले आयोजनाको सिभिल संरचनासहित पावर हाउस लगायत इलेक्ट्रो मेकानिकल इक्यूपमेण्ट समेतमा क्षति हुन गएकोले र सो को मर्मत कार्य सम्पन्न गरि इलेक्ट्रो मेकानिकल इक्यूपमेण्टको जडान कार्य सम्पन्न गरिअसोज १५ गतेबाट आयोजनाबाट बिद्युत उत्पादन गर्ने तयारी भएको कम्पनीले जनाएको छ र गत असोज ११ र १२ गतेको नेपाल अधिराज्य भर आएको बर्षाले हेवा खोलामा आएको वाढीले आयोजनालाई पुनः क्षति पुयाएको हुनाले आयोजना संचालन गर्न नसकिएको र दोस्रो पटकको बाढीले करिव ५५ करोडको क्षति हुन गएको पर्वानुमान गरिएको छ । आयोजनको डुवानमा परेको पावर हाउस, स्विचयार्ड, एक्सेसरोड, लगायतका कार्यको पुन निर्माण गर्न करिव ३ महिना लाग्ने अनुमान गरि सो अवधिभित्रमा सम्पन्न गरि आयोजनाबाट विद्युत उत्पादन सुचारु गर्ने गरि कम्पनीले पुन निर्माणको कार्य थालनी गरिसकेको कम्पनीले उल्लेख गरेको छ ।

पहिलो त्रैसमाससम्म कम्पनीको कर्मचारी खर्च २२ लाख ,अन्य सञ्चालन खर्च २२ लाख ९४ हजार र वित्त खर्च ४० लाख ७४ हजार रुपैयाँ रहेको छ । कम्पनीको चुक्तापूँजी ९६ करोड २५ लाख रुपैयाँ रहेको छ ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

त्यस्तै कम्पनीको रिजर्भको आकार १ करोड १३ लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ । कम्पनीको कुल चालु सम्पत्ति ४२ करोड ११ लाख र कुल चालु दायित्व १ अर्ब २८ करोड २४ लाख रुपैयाँ छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस(३.१३ रुपैयाँले ऋणात्मक,प्रतिसेयर  नेटवर्थ ९८.९२ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ३०५.९८ रुपैयाँ र तरलता अनुपात ०.३३ गुणा कायम भएको छ ।       

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.