• सोमबार, श्रावण २६,२०८२ 02:09:57
Global IME Bank Limited

आम्दानी बढेसँगै पाँचथर पावरको घाटामा कमी, बीमा दाबीबापत १३.१६ करोड प्राप्त

Hyundai Nepal
आम्दानी बढेसँगै पाँचथर पावरको घाटामा कमी, बीमा दाबीबापत १३.१६ करोड प्राप्त
Shivam Cement

काठमाण्डौ । पाँचथर पावर कम्पनी लिमिटेडको घाटामा कमी आएको छ । गत आवको चौथो त्रैमाससम्ममा कम्पनीले ४ करोड ६१ लाख रुपैयाँ घाटा व्यहोरेको छ । अघिल्लो आवको सोहि अवधिसम्म भने कम्पनीले १३ करोड ९० लाख रुपैयाँ घाटा व्यहोरेको थियो ।  

यो अवधिमा कम्पनीले विद्युत बिक्रीमार्फत ८ लाख ९० हजार रुपैयाँ आर्जन गरेको छ। २०८० असार महिनामा आएको बाढीले आयोजनालाई क्षति पुर्याएकोमा २०८१ असोज १२ गते पुनः बाढी आई आयोजनाको सिभिल संरचनासहित पावर हाउस लगायत इलेक्ट्रो मेकानिकल इक्युपमेन्ट समेतमा क्षति हुन गएकाले सो को मर्मत सम्पन्न गरि गत चैत १६ गतेबाट विद्युत उत्पादन सुचारु भएको कम्पनीले जनाएको छ ।  

Shivam Cement
Muktinath Bikas Bank Limited

दोस्रोपटक आयोजनालाई क्षति पुर्याएको सम्पत्ति बीमा दाबीवापतको बीमा कम्पनीबाट १३ करोड १६ लाख रुपैयाँ प्राप्त भएको कम्पनीले जनाएको छ । उक्त रकम इलेक्ट्रो मेकानिकल लागतमा समायोजन गरी सम्पत्तिमा लेखांकन गरिएको कम्पनीले जनाएको छ ।  

यस्तै कम्पनीले काम नलाग्ने कवाडी सम्पत्ति बिक्री गरी १ करोड ११ लाख ७४ हजार रुपैयाँ आर्जन गरेको छ । कम्पनीले १ करोड ९६ लाख रुपैयाँबराबरको अन्य आम्दानी गरेको छ ।  

चौथो त्रैसमाससम्म कम्पनीको कर्मचारी खर्च ५५ लाख ९४ हजार ,अन्य सञ्चालन खर्च १ करोड ६६ लाख र वित्त खर्च ५ लाख २४ हजार रुपैयाँ रहेको छ । कम्पनीको चुक्तापूँजी ९६ करोड २५ लाख रुपैयाँ रहेको छ ।  

कम्पनीको रिजर्भको आकार ८ करोड २५ लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ । कम्पनीको कुल चालु सम्पत्ति १५ करोड र कुल चालु दायित्व ३० करोड रुपैयाँ छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस)४.७९ रुपैयाँले ऋणात्मक,प्रतिसेयर  नेटवर्थ ९१.४२५ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ३१३.८७ रुपैयाँ र तरलता अनुपात ०.५० गुणा कायम भएको छ ।    

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.