काठमाण्डौ । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको प्रस्तावित लाभांश आज पारित हुने भएको छ । कम्पनीको आज काठमाण्डौमा रहेको आम्रपाली ब्याङक्वेटमा बिहान ९ बजेदेखि आयोजना हुन लागेको साधारण सभाबाट लाभांश पारित हुन लागेको हो ।
कम्पनीको मंसिर ११ गते बसेको सञ्चालक समितिको बैठकले गत आवका लागि सेयरधनीहरुलाई ५ प्रतिशत बोनस सेयर र सो मा लाग्ने कर प्रयोजनका लागि ०.२३६२ प्रतिशत नगद लाभांश गरी कुल ५.२३६२ प्रतिशत लाभांश घोषणा गरेको छ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले मंसिर २१ गते एक दिनका लागि बुक क्लोज गरिसकेको छ। यसर्थ मंसिर २० गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीको लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन् ।
आज बस्ने साधारण सभाबाट गत आवको वार्षिक प्रतिेवेदनलगायत अन्य वित्तीय विवरणहरु समेत पारित गरिनेछ ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                