मंगलवार, फाल्गुन ५,२०८२ 11:00:05
Bizshala
  • मंगलवार, फाल्गुन ५,२०८२ 11:00:05
Bizshala
Global IME Bank Limited

नागरिक लगानी कोषद्वारा साधारण सभा आह्वान, यी प्रस्ताव हुनेछन् पारित

नागरिक लगानी कोषद्वारा साधारण सभा आह्वान, यी प्रस्ताव हुनेछन् पारित
Shivam Cement

काठमाण्डौ । नागरिक लगानी कोष(सीआईटी)ले वार्षिक साधारण सभा आह्वान गरेको छ । पुस ९ गते बसेको कोषको सञ्चालक समितिको बैठकले ३१ औं वार्षिक साधारण सभा डाकेको हो ।  

बैठकले आगामी पुस ३० गते बुधबारका दिन काठमाण्डौको नयाँ बानेश्वरमा रहेको कोषको केन्द्रीय कार्यालयमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको छ । उक्त सभामा कोषको सञ्चालक समितिद्वारा गत आवका लागि प्रस्तावित ५ प्रतिशत बोनस सेयर र ८ प्रतिशत नगद लाभांश(कर समेत) गरी कुल १३ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ ।  

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

यस्तै सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिने आव २०८१/८२ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने,लेखापरीक्षकको प्रतिवेदनसहितको २०८२ असार मसान्तसम्मको वासलात,नाफा÷नोक्सान हिसाब र नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गर्ने एकजना सञ्चालकको निर्वाचन गर्ने र साधारण सभाको निर्ण पुस्तिकामा हस्ताक्षर गर्न सेयरधनी तथा सञ्चालकहरुको तर्फबाट १/१ जना प्रतिनिधि नियुक्त गर्ने प्रस्ताव पारित गरिनेछ ।  

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कोषले पुस २१ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ पुस २० गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कोषद्वारा प्रस्तावित लाभांश प्राप्त गर्न र सभामा सहभागी हुन योग्य हुनेछन् ।    

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.