बिहीबार, चैत्र २१,२०८१ 02:44:26
IME remit
  • बिहीबार, चैत्र २१,२०८१ 02:44:26
IME remit
Global IME Bank Limited

सामुदायिक लघुवित्तद्वारा साधारण सभा आह्वान, बुक क्लोज कहिले ?

Hyundai Nepal
सामुदायिक लघुवित्तद्वारा साधारण सभा आह्वान, बुक क्लोज कहिले ?
Nabil Bank Limited

काठमाण्डौ । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले ११ औं साधारण सभा आगामी फागुन ६ गते आयोजना गर्ने भएको छ । माघ १३ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले उक्त सभा काभ्रेको पनौतीमा रहेको स्काई गार्डेन रिसोर्टमा बिहान ११ बजेदेखि सुरु गर्ने निर्णय गरेको हो ।  

उक्त सभामा कम्पनीको हाल संस्थापक सेयर समुह र सर्वसाधरण समुहको सेयर क्रमशः ६९.६५ र ३०.३५ रहेकोमा साविक सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक सेयरधनीको नाममा रहेको संस्थापक सेयर मात्र संस्थाको कुल चुक्तापूँजीको ८.५४ प्रतिशतले सर्वसाधरण सेयरमा परिवर्तन गरी संस्थापक सेयरधनीको तर्फबाट ६१.११ प्रतिसत र सर्वसाधरण समुहको तर्फबाट ३८.८९ प्रतिसत सेयर स्वामित्व हुने गरी पूँजी संरचना परिवर्तन गर्ने र सोही बमोजिम सञ्चालकको प्रतिनिधित्व हुने गरी व्यवस्था गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।  

Shivam Cement
Bizshala
CG Motors

यस्तै संस्थाको केन्द्रीय कार्यालयको ठेगाना बागमती प्रदेश काभ्रेपलाञ्चोक जिल्ला, बनेपा नगरपालिका वडा नं. १४ मा कायम गर्ने सम्बन्धमा प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।  

सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०८०/८१ को लेखा परीक्षकको प्रतिवेदन सहित २०८१ असार  मसान्त सम्मको वासलात तथा आर्थिक वर्ष २०८०/८१ को नाफा र नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका विवरण तथा अनुसूचीहरु छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०८१/८२ को लेखा परीक्षण गर्न लेखा परीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने र कम्पनीको सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने संस्थापक सेयरधनीतर्फको ४ जना र सर्वसाधारण सेयरधनी तर्फको २ जना गरी ६ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

साधारण सभा प्रयोजनका लागि संस्थाले माघ २५ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ माघ २४ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै संस्थाको सभामा सहभागी हुन योग्य हुनेछन् । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.