सोमबार, असार १६,२०८२ 03:15:51
  • सोमबार, असार १६,२०८२ 03:15:51
Global IME Bank Limited

आईपीओ निष्कासनको तयारीमा रहेको प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सको साधारण सभा आज

Hyundai Nepal
आईपीओ निष्कासनको तयारीमा रहेको प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सको साधारण सभा आज
Nabil Bank Limited

काठमाण्डौ । आईपीओ निष्कासनको तयारीमा रहेको प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभा आज आयोजना हुँदैछ । उक्त सभा आज धनगढीमा रहेको कम्पनीको मुख्य कार्यालयमा अपरान्ह १ बजेदेखि सुरु हुनेछ ।  

सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिने आव २०८०/८१ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित आव २०८०/८१ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायत सोही अवधिको अन्य वित्तीय विवरणहरु माथि छलफल गरी पारित गरिनेछ ।  

CG Motors
Muktinath Bikas Bank Limited

यस्तै चालु आवका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने र सामाजिक उत्तरदायित्वअन्तर्गत भएको खर्च अनुमोदन गरिनेछ । कम्पनीले सर्वसाधारणका लागि छ्ट्टाइएको ३० प्रतिशत सेयर सर्वसाधारणलाई जारी गर्ने गर्ने तयारी गरेको छ । आईपीओ निष्कासनको अनुमति माग गर्दै कम्पनीले २०८१ असोज २० गते नेपाल धितोपत्र बोर्डमा आवेदन समेत दिएको छ ।  बोर्डबाट अनुमति पाएसँगै कम्पनीले २२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्नेछ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.