काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत ४ वटा कम्पनीको साधारण सभा आज आयोजना हुँदैछ । आज एनएमबि बैंक, लिवर्टी इनर्जी, नेपाल हाईड्रो डेभलोपर र मैलुङखोला जलविद्युतको साधारण सभा आयोजना हुन लागेको हो ।
एनएमबि बैंक
एनएमबि बैंकको २९ औं साधारण सभा आज आयोजना हुँदैछ । उक्त सभामा लाभांशको कुनै प्रस्ताव पेश हुने छैन । सभामा सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम प्रति सेयर रु। १०० अंकित दरका रु। ३ अर्बबराबरको ‘एनएमबि ८.२५ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने प्रस्ताव पारित गर्ने, अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी भए पश्चात बैंकको पूँजी वृद्धि गर्नुपर्ने भएकोले बैंकको हालको अधिकृत पूँजी २० अर्ब रहेकोमा सोलाई वृद्धि गरि २५ अर्ब मात्र पुर्याउने प्रस्ताव पारित गर्ने र अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी भए पश्चात बैंकको हाल कायम जारी तथा चुक्ता १८ अर्ब ३६ करोड ६७ लाख ५ हजारलाई बृद्धि गरि २१ अर्ब ३६ करोड ६७ लाख ५ हजार पुर्याउने विशेष प्रस्ताव पारित गरिनेछ ।
यस्तै सभामा गत आवको वित्तीय विवरणहरु पारित गरिनुका साथै चालु आवका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।
बैंकले साधारण सभा प्रयोजनका लागि पुस ११ गते एक दिनका लागि बुक क्लोज गरिसकेको छ । यसर्थ पुस १० गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै बैंकको सभामा सहभागी हुन योग्य हुनेछन् ।
लिवर्टी इनर्जी
कम्पनीको १५ औं साधारण सभा काठमाण्डौको शंखमुलमा रहेको अनमोल ब्याङक्वेटमा बिहान साढे १० बजेदेखि सुरु हुनेछ । सभामा सहायक कम्पनी स्थापना तथा विद्युत उत्पादनको अनुमतिपत्र हस्तान्तरण अनुमोदन गर्ने, अन्य जलविद्युत आयोजनालाई प्राप्ति (एक्विजिसन) गर्न तथा मर्जर प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी दिने, कम्पनीको प्रबन्ध पत्र तथा नियमावली संसोधनको क्रममा नियमनकारी निकायबाट कुनै फेरबदल थपघट गर्न निर्देशन वा सुझाव भएमा सोहि बमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गरिनेछ ।
यस्तै,गत आवको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित आव २०८०/८१ को वासलात,नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायतका विवरणहरुमाथि छलफल गरी पारित गर्ने र चालु आवका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ ।
नेपाल हाईड्रो डेभलोपर
नेपाल हाईड्रो डेभलोपरको साधारण सभा काठमाण्डौको नक्सालमा रहेको लिसारा रिसेप्सनमा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभामा गत आवका लागि प्रस्तावित ८ प्रतिशत बोनस सेयर र ०.४२ प्रतिशत नगद लाभांश गरी कुल ८.४२ प्रतिशत लाभांशको प्रस्ताव पारित गरिनेछ । सभामा बोनस सेयर प्रयोजनका लागि कम्पनीको जारी तथा चुक्तापूँजी वृद्धि गर्ने तथा सोही बमोजिम प्रबन्धपत्र संशोधन गर्ने नियमनकारी निकायहरुबाट कुनै थपघट गर्न निर्देशन भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।
यस्तै आर्थिक वर्ष २०८०/८१ सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारीत गर्ने, आव २०८०/८१ लेखा परिक्षण प्रतिवेदन, वासलात, तथा सोका आधारमा तयार पारिएको वित्तीय विवरणहरु लगायतका संलग्न अनुसुचीहरु समेत पारित गर्ने र आव २०८१/२०८२ को लेखापरिक्षण समितिको सिफारिस बमोजिम बाह्य लेखापरिक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावहरु समेत पारित गरिनेछ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले पुस ८ गते एक दिनका लागि बुक क्लोज गरेको छ । यसर्थ पुस ७ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन् ।
मैलुङखोला जलविद्युत
मैलुङखोला जलविद्युतको ११ औं साधारण सभा काठमाण्डौको महाराजगंजमा रहेको कुण्डलिनी दरबार ब्याङक्वेटमा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभामा गत आवको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित आव २०८०/८१ को वासलात,नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायतका विवरणहरुमाथि छलफल गरी पारित गर्ने, चालु आवका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने र ४ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पारित गरिनेछ ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                