काठमाण्डौ । कुमारी बैंक लिमिटेडले आफ्नो २४ औंं वासर्षक साधारण सभा आह्वान गरेको छ । पुस २६ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले आगामी माघ २१ गते साधारण सभा आयोजना गर्ने निर्णय गरेको हो ।
उक्त सभा काठमाण्डौमा रहेको आर्मी अफिसर्स क्लबमा बिहान ११ बजेदेखि सुरु हुनेछ । बैंकले गत आवका लागि सेयरधनीहरुलाई लाभांश नदिने निर्णय गरेकाले सभामा लाभांशसँग सम्बन्धित कुनै पनि प्रस्ताव पेश हुनेछैन ।
सभामा गत आवको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित आव २०८०/८१ को वासलात,नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायतका विवरणहरुमाथि छलफल गरी पारित गर्ने, चालु आवका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने र सहायक कम्पनी कुमारी क्यापिटल र केबीएल सेक्युरिटिजको वित्तीय विवरणहरु पारित गरिनेछ ।
साधारण सभा प्रयोजनका लागि बैंकले माघ ११ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ माघ १० गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै सभामा सहभागी हुन योग्य हुनेछन् ।