बुधबार, भाद्र २५,२०८२ 10:16:19
  • बुधबार, भाद्र २५,२०८२ 10:16:19
Global IME Bank Limited

नेशनल हाइड्रोपावरको दुईपटक स्थगित साधारण सभाको नयाँ मिति तय,यस्ता छन् अजेण्डा

Hyundai Nepal
नेशनल हाइड्रोपावरको दुईपटक स्थगित साधारण सभाको नयाँ मिति तय,यस्ता छन् अजेण्डा

काठमाण्डौ । नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडले स्थगित वार्षिक साधारण सभाको नयाँ मिति तय गरेको छ । कम्पनीले २७ औं वार्षिक साधारण सभाका लागि आगामी फागुन ३० गतेको मिति निर्धारण गरेको हो ।  

उक्त सभामा कम्पनीको प्रबन्धपत्रको दफा ६ को(क) र (ख)सैशोधन गर्ने विशेष प्रस्ताव पारित गरिनुका साथै आव २०७९/८० को वार्षिक प्रतिवेदन,वासलात,नाफा, नोक्सान हिसाब लगायतका विभिन्न वित्तीय विवरणहरुमाथि छलफल गरी पारित गरिनेछ । सभामा आव २०८०/८१ का लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित हुनेछ ।  

साधारण सभा प्रयोजनका लागि कम्पनीले गत मंसिर ७ गते एक दिनका लागि बुक क्लोज गरिसकेको छ । यसर्थ मंसिर ६ गतेसम्म नेप्सेमा कारोबार भइ्र्र ३ कार्यदिनभित्र दाखिल खारेज तथा नामसारीका लागि प्राप्त सेयरहरुबाट कायम सेयरधनीहरु मात्रै सभामा सहभागी हुन सक्ने कम्पनीले जनाएको छ ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

यसअघि गत मंसिर २२ गते आयोजना गर्ने भनिएको साधारण सभा गणपुरक संख्या नपुगेका कारण स्थगित भएको थियो । त्यसपछि पुनःकम्पनीले पुस ६ गतेका लागि साधारण सभा डाकेको थियो । तर फेरी २५ प्रतिशत गणपुरक संख्या नपुगेका कारण कम्पनीको साधारण सभा दोस्रोपटक पनि स्थगित भएको थियो ।  

लगातार दुईपटक साधारण सभा स्थगित भएपछि कम्पनीले नयाँ साधारण सभाका लागि कम्पनी रजिष्ट्रारको कार्यालयमा निवेदन दिएको थियो । उक्त निवेदनमाथि कम्पनी रजिष्ट्रारको कार्यालयले न्यूनतम २५ प्रतिशत गणपुरक संख्या पुर्याई साधारण सभा सभा सम्पन्न गरी कम्पनी अद्यावधिक गर्न फागुन ११ गते निर्देशन दिएको थियो । सोहि निर्देशन बमोजिम कम्पनीले तेस्रोपटक साधारण सभाको मिति तय गरेको हो ।  

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.